दल र नेतालाई अवरोध गरेर चुनाव हुन्छ : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन नसक्ने टिप्पणी गरेका छन् । भदौ २३-२४ को विध्वंसबाट गठन भएको गैर लोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्नु नहुने उनको जिकिर छ । एमाले झापाका अगुवा कार्यकर्ताहरूसँग  भर्चुअल सम्बोधनमा उनले सरकारले चुनाव गराउने नाटक गर्नु आफैँमा हास्यास्पद भएको बताए ।

‘यो सरकार चुनाव गराउने भन्छ । नेताहरूलाई स्थान हद तोकेको छ । जिल्ला जान नपाउने, निर्वाचन क्षेत्र जान नपाउने, प्रचार गर्न नपाउने । राजनीतिक दल र नेताहरूलाई यस प्रकारको अवरोध गरेर कस्तो प्रकारको चुनाव गर्न खोजिएको हो ? उनको प्रश्न थियो ।

एमालेमाथि जेन-जीका नाममा भएको आक्रमण पार्टीले राष्ट्रियता, राष्ट्रहित, विकास र समृद्धिका काम गरेकोमा तिनलाई निस्तेज पार्ने प्रयास भएको ओलीको दाबी छ । यस प्रकारको आक्रमण रोक्न एमाले सक्षम रहेको भन्दै उनले अराजकता रोक्न टोलटोलमा टोल सुरक्षा समिति गठन गरिरहेको बताए । सुरक्षा समितिले अपराधिक गतिविधिको नियन्त्रण, त्यसमा संलग्नहरूलाई प्रहरीलाई बुझाउने र समुदायमा सुरक्षाको प्रत्याभूति दिने काम गर्ने उनले बताए ।

अध्यक्ष ओलीले गैर संवैधानिक तरिकाबाट विघटन गरिएको प्रतिनिधिसभाको पुन:स्थापनाका लागि एमालेले व्यापक दबाब सृजना गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए । प्रतिनिधिसभाको पुन:स्थापना मार्फत लोकतान्त्रिक पद्धतिलाई सही बाटोमा ल्याउने भन्दै ओलीले कात्तिक २९ गतेको जागरण सभालाई झापामा भव्यरूपमा आयोजना गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...