अझै पाँचहजार कैदी फरार



हाम्रो इकोनोमि

 

 

गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ को घटनामा देशका विभिन्न कारागारबाट फरार भएकामध्ये पाँच हजार १३ कैदीबन्दी अझै फरार रहेको बताएका छन् ।

राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले फरार कैदीबन्दी र लुटिएका हतियारलाई सरकारले प्रमुख सुरक्षा चुनौतीका रूपमा लिएको बताए ।

गृहमन्त्री अर्यालका अनुसार, त्यस क्रममा कुल १४ हजार ५५४ कैदीबन्दी फरार भएकामा हालसम्म नौ हजार ५४१ जनालाई नियन्त्रणमा लिइसकिएको छ ।

उनले फरार कैदी पक्राउ गर्न विशेष अपरेसन चलाइएको जानकारी दिए । “फरार कैदीहरूको सूची सार्वजनिक गरिएको छ,“ उनले भने, “त्यस्ता फरार कैदीहरू सार्वजनिक निकायमा सेवा लिन आएमा सेवा प्रदान नगर्न सबै निकायहरूमा पत्राचार गरिएको छ ।

उनले खोजतलासलाई तीव्रता दिन सबै जिल्ला प्रशासन कार्यालयहरूमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको पनि बताए ।

सरकार सबै चुनौतीलाई परास्त गरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन विश्वस्त रहेको मन्त्री अर्याल बताउँछन् । “सरकार गम्भीरतापूर्वक अघि बढेको छ,“ उनले भने, “यसमा सर्वसाधारण सबैको साथ, सहयोग र सहकार्य अपरिहार्य रहेको व्यहोरासमेत अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...