अझै पाँचहजार कैदी फरार



हाम्रो इकोनोमि

 

 

गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ को घटनामा देशका विभिन्न कारागारबाट फरार भएकामध्ये पाँच हजार १३ कैदीबन्दी अझै फरार रहेको बताएका छन् ।

राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले फरार कैदीबन्दी र लुटिएका हतियारलाई सरकारले प्रमुख सुरक्षा चुनौतीका रूपमा लिएको बताए ।

गृहमन्त्री अर्यालका अनुसार, त्यस क्रममा कुल १४ हजार ५५४ कैदीबन्दी फरार भएकामा हालसम्म नौ हजार ५४१ जनालाई नियन्त्रणमा लिइसकिएको छ ।

उनले फरार कैदी पक्राउ गर्न विशेष अपरेसन चलाइएको जानकारी दिए । “फरार कैदीहरूको सूची सार्वजनिक गरिएको छ,“ उनले भने, “त्यस्ता फरार कैदीहरू सार्वजनिक निकायमा सेवा लिन आएमा सेवा प्रदान नगर्न सबै निकायहरूमा पत्राचार गरिएको छ ।

उनले खोजतलासलाई तीव्रता दिन सबै जिल्ला प्रशासन कार्यालयहरूमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको पनि बताए ।

सरकार सबै चुनौतीलाई परास्त गरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन विश्वस्त रहेको मन्त्री अर्याल बताउँछन् । “सरकार गम्भीरतापूर्वक अघि बढेको छ,“ उनले भने, “यसमा सर्वसाधारण सबैको साथ, सहयोग र सहकार्य अपरिहार्य रहेको व्यहोरासमेत अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...