संसद पुनःस्थापना, संविधान संशोधन, सर्वदलीय सरकार एमालेको रोडम्याप : प्रदीप ज्ञवाली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद पुनस्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप भएको बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् । संसद पुनःस्थापना, संविधान संशोधन, जेन्जीसहितको सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप हो,’ ज्ञवालीले भने, ‘यथास्थितिमा चुनाव भएको त्यसको कुनै औचित्य हुँदैन ।

यथास्थितिमा हुने चुनाव शाही कालमा भएको स्थानीय सरकार जस्तै हुन्छ, उनले भने, ‘सरकारले चुनाव गराउने बताए पनि चुनावको वातावरण गराउन तयार देखिएको छैन, दलका नेताको अनुहार हेर्नु छैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले चुनावको वातावरण बन्न सक्दैन । उनले संविधान घाइते अवस्थामा भएको भन्दै संविधानले नचिन्ने सरकारले शासन गरेको दाबी समेत गरे । ‘अहिले संविधान घाइते अवस्थामा छ, उनले भने, ‘लोकतन्त्र खतरामा छ । संविधानले नचिन्ने सरकार छ । संविधानले अस्वीकार गरेका मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...