सभामुखको राजीनामा माग्दै मधेशमा प्रदर्शन



हाम्रो इकोनोमि

 

 

मधेश प्रदेश भवन अगाडि सात दलका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् । उनीहरूले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नेकपा एमालेबाहेकका सबै पार्टीका सांसद र नेता कार्यकर्ता सहभागी छन् ।

मधेश भवनअगाडि प्रदर्शनसँगै टाइर बालिएको छ । संविधानको धारा १६८ (२) अनुसार सरकार बन्ने अवस्था हुँदा पनि एमालेका लागि धारा १६८ (३) अनुकूल बनाउने काम गरेको भन्दै दलहरूले सभामुखको राजीनामा मागेका हुन् ।

मधेशमा एमालेको सभामुखसहित २५ सदस्य छ । यसमा एक सदस्य निलम्बनमा छन् । ठूलो दलको हैसियतले धारा १६८ को उपधारा ३ अनुसार मधेशमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव सोमबार बिहान मुख्यमन्त्री भएपछि सात दलको प्रदर्शन सोमबारदेखि नै जारी छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...