एमालेले बोलायो विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक
नेकपा एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलाएको छ । प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा निवर्तमान सांसदहरूको हस्ताक्षर सङ्कलन गरेको एमालेले बैठक डाकेको हो ।
बैठक मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने मुख्य सचेतक महेश बर्तौलाले बताए । बैठकमा मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागी निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने बताए । संसद् पुनर्स्थापनाको माग गर्दै एमालेले सडकमा समेत उत्रिने तयारी गरेको छ ।


