भीम रावलपनि प्रचण्ड-माधवको नेकपामा विलय हुने



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा. भीम रावल प्रचण्ड-माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निश्चित भएको छ । विभिन्न तहका नेताहरूसँगको चरणबद्ध छलफलपछि भीम रावलको मातृभूमि जागरण अभियान नेपाली कम्युनिस्ट पार्टीसँग समाहित हुने भएको नेकपाका युवा नेता सुदेश पराजुलीले पुष्टि गरे । उनीसहितका युवा नेताहरू मोहन गौतम, जीवन राईलगायतले पनि रावलसँग भेट गरेका थिए ।

रावलको मातृभूमि जागरण अभियान र नेकपाबीच यसै साता एक औपचारिक कार्यक्रम गरेर एकता हुने भएको छ । रावल पक्षबाट केही नेताले केन्द्रीय कमिटीलगायतका विभिन्न तहमा जिम्मेवारी पाउने पनि सहमति भएको छ ।

रावलको पक्षबाट केन्द्रीय कमिटी,राजनीतिक समितिलगायतका संरचनामा सुदूरपश्चिमका पूर्वमन्त्री कृष्णराज सुवेदी,पूर्व प्रदेश सभा सदस्य हर्क कुँवर,अछामका प्रकाश शाह,दूधकला विष्टलगायत एक दर्जनबढीको नाम सिफारिस गरिदैछ ।

नेता रावललाई नेकपाको हाइ कमाण्ड अर्थात केन्द्रीय कार्यालयमा राखिने भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठपछिको वरीयतामा भीम रावललाई राखिने अनौपचारिक सहमति भएको नेताहरूले बताएका छन् । नेकपामा प्रधानमन्त्री भएका तीनजना नेता छन् भने उपप्रधानमन्त्री भएका वामदेव, नारायणकाजी र कृष्णबहादुर महरा छन् । महरा हाल थुनामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...