पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ



हाम्रो इकोनोमि

 

 

जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको आरोपमा ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगानी रहेको भन्दै जेन-जी आन्दोलनको क्रममा उक्त रिसोर्टमा आगजनी गरिएको थियो ।

उक्त आगजनीमा संलग्न रहेको आरोपमा कराते प्रशिक्षक २९ वर्षीय रूपक नेपालीसहित ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपकसहित पोखरा-१८ बस्ने ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ छन् । उनीहरूमाथि आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको कास्की प्रहरीका प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...