कसैले भन्दैमा नेतृत्वबाट ओलीलाई किन हटाउने : पीएस गुरुङ



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जेनजीका नाममा एमाले विरोधीहरूले भन्दैमा पार्टी नेतृत्वबाट केपी शर्मा ओलीलाई नहटाउने प्रष्ट पारेका छन् । एमाले ओखलढुंगा जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरुङले जेन(जी वा अरुले भनेर होइन पार्टीको आवश्यकता आधारमा ओलीको नेतृत्व निर्धारण हुने बताए ।

जेन जी आन्दोलनबाट विस्थापित सरकारको प्रवक्ता समेत रहेका गुरुङले भने(एमालेका वडादेखि केन्द्रसम्मका नेता कार्यकर्ताका घर खोजी खोजी ध्वस्त पारिएको छ । यो भनेको नेपालको कम्युनिस्ट आन्दोलन क्षतविक्षत बनाउने, एमालेका नेता कार्यकर्ताको सामूहिक नरसंहार गर्ने योजनाबाट भएको थियो । अहिले ओलीको कार्यशैलीको बारे टिप्पणी हुन्छ, ओलीको कार्यशैलीको सबैभन्दा आलोचक त मै हो नि १ तर जेन(जी भनेर ओली हटाउनुपर्छ भन्दैछन्, जेन(जीले भनेर हटाउने हो कि हाम्रो आवश्यकता वा अनावश्यकताले नेता हटाउने हो रु एउटा कुरा हेक्का राखौं, हामीले आफ्नो लागि काम गरौँ केपी ओलीको लागि होइन ।

केपी ओलीले स्वाधीनताको पक्षमा उभिएबापत देशले सजाय पाउने हो । उपमहासचिव गुरुङले एमालेले माटोको माया गर्दा, एक इन्च पनि भूमिको माया गर्दा, राष्ट्रिय स्वाभिमानलाई सबैभन्दा ठूलो मान्दा जेन(जी आन्दोलनका नाममा हमला भएको दाबी गरे । उनले कार्यकर्तालाई बहकिएर होइन यथार्थको धरातलमा उभिएर सोच्न आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...