एमालेमा हामीलाई केही चाहिएको छैन, हाँसेर बोलिदिए पुग्छ : किसान श्रेष्ठ
नेकपा एकीकृत समाजवादीबाट नेकपा एमालेमा फर्किने तयारी गरे नेता किसान श्रेष्ठले आफूहरुलाई कुनै पद नचाहिएको बताएका छन् । आफूहरु निशर्तरुपमा मूलघर फर्किन लागेको उनको भनाइ छ । आज आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले एमाले प्रवेश नभएर मुलघर फर्किन लागेको फर्किन लागेका हुन् ।
उनले भने, ‘हामी कसैसँग समाहित र एकताभन्दा पनि आफूले पसिना बगाएको, जीवन अर्पण गरेको मुलघर एमालेमा फर्किन लागेका छौं । मुलघर फर्किने क्रममा एमालेसँग वार्ता संवादमै छौं ।


