कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला थापागाउँमा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला सुरु भएको छ । काठमाडौंको थापागाउँस्थित एक ब्यांक्वेटमा विशेष महाधिवेशन पक्षधरले भेला आयोजना गरेका हुन् । पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनबारे कुनै पनि ठोस निर्णय गर्न नसकेपछि विशेष महाधिवेशन पक्षधर छलफलमा जुटेका छन् ।

भेला केहीबेरअघि सुरु भएको नेता गुरूराज घिमिरेले जानकारी दिए । यसघि गत आइतबारका लागि भेला डाकिएको थियो । तर, पार्टीले गत शुक्रबार केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित गरेपछि यो समूहले आफ्नो भेला पनि पछि धकेलेको थियो । विशेष महाधिवेशन पक्षधरहरूले २९ असोजमा झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टीमा बुझाउँदै विशेष महाधिवेशनको माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...