एमालेमा फर्किन अनुमति लिनुपर्दैन : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी र एकीकृत समाजवादीसहित साना दलहरुबीच हुन लागेको एकतालाई एजेन्डा र उद्देश्यहीन भनेका छन् । प्रेस चौतारीको केन्द्रीय कार्यालयमा महासचिव पोखरेलले सञ्चारकर्मीहरूसँग कुरा गदै एजेन्डाविहीन एकताले कुनै तागत निर्माण नहुने बताए । उनले भने, ‘विचारमा एकरूपता हुन्छ भने अलग बस्नुपदैन । तर विचारमा एकरूपता छैन भने आन्दोलनलाई समाप्त पार्नु हो । के हुन्छ भन्ने भविष्यले देखाउँछ ।

उनले विगतमा पार्टी छाडेर गएकहरुलाई एमालेमा फर्किन कुनै अनुमति लिनु नपर्ने बताए । उनले थपे, घर फर्किनका लागि कुनै अनुमति लिनु पर्दैन । आउनुस् तपाईँहरूको योग्यता र क्षमताको आधारमा पार्टीले जिम्मेवारी दिन्छ । तर सर्त एउटै छ, नीति र नेतृत्वमा चाहिँ सहमत भएर आउनुस् । फेरि बहस र विवाद गर्न आउने कुरामा सहमति हुन सक्दैन । नीति र नेतृत्वमा सहमत हुने जोकोहीलाई पनि एमालेको ढोका खुला छ, हामी स्वागत गर्न तयार नै छौँ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...