एमालेमा फर्किन अनुमति लिनुपर्दैन : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी र एकीकृत समाजवादीसहित साना दलहरुबीच हुन लागेको एकतालाई एजेन्डा र उद्देश्यहीन भनेका छन् । प्रेस चौतारीको केन्द्रीय कार्यालयमा महासचिव पोखरेलले सञ्चारकर्मीहरूसँग कुरा गदै एजेन्डाविहीन एकताले कुनै तागत निर्माण नहुने बताए । उनले भने, ‘विचारमा एकरूपता हुन्छ भने अलग बस्नुपदैन । तर विचारमा एकरूपता छैन भने आन्दोलनलाई समाप्त पार्नु हो । के हुन्छ भन्ने भविष्यले देखाउँछ ।

उनले विगतमा पार्टी छाडेर गएकहरुलाई एमालेमा फर्किन कुनै अनुमति लिनु नपर्ने बताए । उनले थपे, घर फर्किनका लागि कुनै अनुमति लिनु पर्दैन । आउनुस् तपाईँहरूको योग्यता र क्षमताको आधारमा पार्टीले जिम्मेवारी दिन्छ । तर सर्त एउटै छ, नीति र नेतृत्वमा चाहिँ सहमत भएर आउनुस् । फेरि बहस र विवाद गर्न आउने कुरामा सहमति हुन सक्दैन । नीति र नेतृत्वमा सहमत हुने जोकोहीलाई पनि एमालेको ढोका खुला छ, हामी स्वागत गर्न तयार नै छौँ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...