एमालेको ११ औँ महाधिवेशनको बन्दशत्र भृकुटीमण्डपमा, उद्घाटन खुलामञ्चमा



हाम्रो इकोनोमि

 

 

 

 

 

 

नेकपा एमालेको ११ औँ महाधिवेशनको बन्दशत्र भृकुटीमण्डपमा गर्ने टुंगो लागेको छ । उद्घाटन सकेसम्म खुलामञ्चमा गर्ने तयारी रहेको महासचिव शंकर पोखरेलको सचिवालयले जनाएको छ । एमालेले २०७१ असार २५ देखि २७ गतेसम्म आयोजना गरेको नवौं महाधिवेशन पनि त्यहीँ सम्पन्न भएको थियो । उक्त महाधिवेशनबाटै केपी शर्मा ओली पहिलो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थिए । ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना गर्ने पूर्वनिर्णय सच्याउँदै शनिवार सम्पन्न सचिवालयको ५९ औँ बैठकले सोही मितिमा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको थियो ।

काठमाडौंमा पार्टीको भव्य उपस्थिति देखाउन महाधिवेशनस्थल भृकुटीमण्डप रोजिएको पोखरेलको सचिवालयले बतायो । उद्घाटनका लागि खुलामञ्च रोजिएको छ । यद्यपि, पुननिर्माणकार्य भइरहेको कारण काठमाडौं महानगरपालिकाले उक्त स्थानलाई सार्वजनिक प्रयोगका निम्ति खुला गरेको छैन । महाधिवेशन हुने समयभित्र खुला गरिए मात्रै त्यहाँ उद्घाटन गरिने, अन्यथा भृकुटीमण्डपमै गरिने तयारी छ ।

भृकुटीमण्डपको चौर र कभर्ड हल प्राप्तिका लागि एमाले केन्द्रीय कार्यालयले भृकुटीमण्डप व्यवस्थापन समितिलाई आज पत्राचार गर्ने र शुल्क पनि बुझाइने पोखरेलको सचिवालयले जनायो । चौरमा टेण्ट लगाएर हल बनाइने र कभर्ड हलमा खाना खाने मेस बनाइने भएको छ । मतदान र मतगणनाका लागि राष्ट्रिय सभागृहको हल बुक गर्ने तयारी छ । महाधिवेशन अवधिमा प्रदर्शनी मार्ग रुटमा सर्वसाधारणको आवागमनमा अवरोध नहुने कुरालाई ध्यानमा राखिएको केन्द्रीय कार्यालय स्रोतले जनायो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...