बीपी राजमार्ग कार दुर्घटना, श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते



हाम्रो इकोनोमि

 

 

बीपी राजमार्ग सडक खण्डको सिन्धुलीको सुनकोशी गाउॅपालिका-६ चैनपुरमा कार पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार मंगलबार बिहान आफैं अनियन्त्रित भई सडकदेखि अन्दाजी ४२ फिट तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोरङको विराटनगर उपमहानगरपालिका-१७ का ६५ वर्षिया ओमबहादुर अर्जेलको मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । कार ओमबहादुरले चलाएका थिए । कारमा सवार उनकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त सवार थिए । उनीहरू दुवै जना घाइते भएका छन् ।

प्रहरीका अनुसार  सुनिताको अवस्था गम्भिर छ भने निशान्तको अवस्था मध्यम रहेको छ । घाइतेहरूको खाल्टे स्थित आत्मिय सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...