बंगालको खाडीमा सक्रिय भयो ‘मोन्था’ चक्रवात



हाम्रो इकोनोमि

 

 

भारतीय मौसम विभागले बंगालको खाडीमा सक्रिय चक्रवात ‘मोन्था’ आज (मंगलबार) अधिक शक्तिशाली भएर गम्भीर चक्रवाती आँधीमा परिणत हुने बताएको छ ।

जसका कारण आन्ध्र प्रदेशको तमिलनाडुका केही भागमा भारी वर्षा हुनसक्ने विभागको भनाइ छ । चक्रवात आज आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गर्ने अनुमान गरेर आन्ध्र प्रदेश, ओडिशाका केही भूभागका लागि चक्रवातको चेतावनी जारी गरिएको छ ।

भारतीय मौसम विभागले जारी गरेको बयानमा भनिएको छ, ‘चक्रवाती आँधी बेलुका वा रातमा आन्ध्र प्रदेशको काकिनाडा नजिक मछलीपट्टनम र कलिंगपट्टनमको बीचको तट पार गर्न सक्छ ।

विभागका अनुसार त्यो समयमा हावाको गति ९०-१०० किलोमिटर प्रति घण्टासम्म पुग्न सक्नेछ । मौसम विभागले सोमबार ‘मोन्था’ को प्रभावबाट महाराष्ट्रको विदर्भ क्षेत्रमा २८ देखि ३० अक्टोबरको बीच मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको बताएको थियो ।

मोन्था’को प्रभाव नेपालमा पनि देखिनेछ । मौसमविद्हरूका अनुसार भारतमा सक्रिय भएको केही दिनमै यो नेपालमा प्रवेश गर्नेछ । बंगालको खाडीमा विकसित भएको यो प्रणाली पूर्वी नेपालमा प्रवेश गर्नेछ । बिहीबार यो पूर्वी नेपालमा सक्रिय हुने पूर्वानुमान छ । यसको प्रभाव कोशी प्रदेशका साथै मधेश हुँदै मध्य नेपालसम्म पर्नेछ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...