राजनीतिलाई रोक्न खोजे वितण्डा निम्तिने योगेश भट्टराईको चेतावनी



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का नेता योगेश भट्टराईले राजनीतिलाई रोक्न खोजे ठूलो वितण्डा निम्तिन चेतावनी दिएका छन् । छठ पर्वको अवसरमा भिडियोमार्फत् शुभकामना सन्देश दिँदै उनले प्रकृतिलाई थुन्दा आउने विध्वंशको उदाहरण दिँदै यस्तो चेतावनी दिएका हुन् ।

जसरी प्रकृतिलाई थुनेर, छेकेर विध्वंश आइरहेका छन्, त्यसरी राजनीतिलाई हामीले थुन्न थाल्यौं, छेक्न थाल्यौँ, यसको बाटो रोक्न थाल्यौँ भने राजनीतिमा पनि ठूलो बितण्डा आउन सक्दछ,’फेसबुकमा सार्वजनिक भडियो सन्देशमा भट्टराईले भनेका छन् ।

पार्टी र समाजमा राजनीतिको प्रकृतिक बहावलाई नरोकेर सहज ढंगले अगाडि बढ्न दिनुपर्ने उनको भनाइ छ । ‘त्यसकारणले चाहे पार्टीभित्र होस्, चाहे समाजमा राजनीतिलाई पनि यसको प्राकृतिक बहावलाई रोक्नु हुँदैन । यसलाई सहज ढंगले अगाडि बढ्न दिनुपर्दछ’ भट्टराईको भनाइ छ ।

नेता भट्टराईले गत भदौमा भएको जेनजी आन्दोलन मुलुक अकल्पनीय ढंगले अगाडि बढेको पनि टिप्पणी गरेका छन् । २३ र २४ भदौमा भएको घटनाबाट सबैले पाठ सिक्नु पर्ने उनको भनाइ छ । हामीले ती घटनाहरूबाट पाठ सिक्नु पर्दछ । आत्मसमीक्षा गर्नुपर्दछ, भिडियो सन्देशमा भनिएको छ, नेपाललाई फेरि पनि लोकतान्त्रिक अभ्यासमा फर्काऔँ । हाम्रो संविधानलाई क्रियाशील बनाऔँ ।

भट्टराईले सबै राजनीतकि दल र जेनजी आन्दोलनपछि आइरहेका नयाँ शक्तिबीच सहकार्य गरेर देशलाई सही दिशामा लैजानुपर्ने आवश्यकता पनि औंल्याएका छन् । देशका सबै राजनीतिक शक्तिहरूका बीचमा र यो जेनजी आन्दोलनपछि आइरहेका नयाँ शक्तिहरूका बीचमा समेत सहकार्य गर्दै हामीले एउटा सही निकास निकाल्नुपर्ने छ  उनले भनेका छन्  सक्रममा पनि यो छठले हामीलाई एकता  सद्भावको बाटो देखाउन सकोस् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...