प्रहरीलाई घेरा हालेर हत्या गरेको कसुरमा थप ५ जना पक्राउ



हाम्रो इकोनोमि

 

 

 जेन-जी आन्दोलनमा प्रहरीलाई घेरा हालेर हत्या गरेको कसुरमा थप ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रहरी हत्याका क्रममा विभिन्न भूमिका खेल्ने व्यक्तिलाई खोजतलासका क्रममा फेला पारिएको हो । पक्राउ पर्नेमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ र युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर हुन् ।

महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको प्रदर्शनकारी बनेर पुगेका केही व्यक्तिको कुटपिटबाट मृत्यु भएको थियो । उनीहरुले कार्यालयबाट तानेर नजिकै रहेको भाटभटेनी सुपरस्टोरको पर्खालमा लगेर प्रहरीलाई कुटपिट गरेका थिए । अचेत भएपछि घिसारेर मुख्य सडकको बीचमा पुर्याएका थिए । त्यहाँ पनि कुटपिट हुँदा उनीहरुको ज्यान गएको थियो ।

यसअघि गत सोमबार गोरखा भई धुम्बाराही बस्ने २१ वर्षीय सोमबहादुर गुरुङ पक्राउ परेका थिए । सोही घटनासँग सम्बन्धित युवराज क्याप्छाकी, सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ, होमप्रसाद पौडेल र टिकाराम विक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...