एमालेको केन्द्रीय कमिटी बैठक सुरु



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको जावलाखेल भनिमण्डलस्थित रामबाघ महलमा केही बेरअघिबाट बैठक सुरु भएको हो । जेनजी विद्रोहले अध्यक्ष केपी शर्मा ओलीले सत्ताच्युत भएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटी बैठक बसेको हो । बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन केही बेरमा पेश गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

प्रतिवेदनमा सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको, प्रधानमन्त्रीले दलका शीर्ष नेतृत्वसँग अहिलेसम्म संवाद नगरेको, शान्ति, अमन चयनको आधार तयार नभइसकेकाले निष्पक्ष चुनावको आशंका रहेको जस्ता विषय समेटिएको उनले बताए ।

केही दिनअघि मात्र बसेको सचिवालय बैठकले पार्टी ११ औं महाधिवेशनमा जाने निर्णय गरिसकेको छ । बैठकले महाधिवेशनको मिति र स्थान पनि तोक्नेछ । एमालेले संविधान लोकतान्त्रिक गणतान्त्रिक पक्षधरसँग सहकार्य गर्दै संसद पुनस्स्थापनाको एजेण्डालाई सशक्त ढंगले उठाउने तयारी गरेको छ । त्यस्तै केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्नेछ ।

अध्यक्षको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्न ३ मिनेट समय दिने तयारी छ । नेतृत्व परिवर्तनदेखि पार्टी पुनर्गठनलगायतको विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ । आजदेखि सुरु भएको बैठक ३ दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...