एमालेको केन्द्रीय कमिटी बैठक सुरु



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको जावलाखेल भनिमण्डलस्थित रामबाघ महलमा केही बेरअघिबाट बैठक सुरु भएको हो । जेनजी विद्रोहले अध्यक्ष केपी शर्मा ओलीले सत्ताच्युत भएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटी बैठक बसेको हो । बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन केही बेरमा पेश गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

प्रतिवेदनमा सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको, प्रधानमन्त्रीले दलका शीर्ष नेतृत्वसँग अहिलेसम्म संवाद नगरेको, शान्ति, अमन चयनको आधार तयार नभइसकेकाले निष्पक्ष चुनावको आशंका रहेको जस्ता विषय समेटिएको उनले बताए ।

केही दिनअघि मात्र बसेको सचिवालय बैठकले पार्टी ११ औं महाधिवेशनमा जाने निर्णय गरिसकेको छ । बैठकले महाधिवेशनको मिति र स्थान पनि तोक्नेछ । एमालेले संविधान लोकतान्त्रिक गणतान्त्रिक पक्षधरसँग सहकार्य गर्दै संसद पुनस्स्थापनाको एजेण्डालाई सशक्त ढंगले उठाउने तयारी गरेको छ । त्यस्तै केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्नेछ ।

अध्यक्षको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्न ३ मिनेट समय दिने तयारी छ । नेतृत्व परिवर्तनदेखि पार्टी पुनर्गठनलगायतको विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ । आजदेखि सुरु भएको बैठक ३ दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...