सभामुख-दलको बैठक : संसद् विघटन असंवैधानिक रहेको ठहर



हाम्रो इकोनोमि

 

 

सभामुख देवराज घिमिरेले राखेको दलहरूको बैठकले संसद् विघटनबारे अलोकतान्त्रिक र असंवैधानिक भएको निष्कर्ष निकालेको छ । बैठकपछि एमालेका नेता महेश बर्तौलाले संसद्लाई जीवित राखेर जेनजीको मागसहित सबै कुराहरूको समाधान गर्न सक्ने अवस्था हुँदाहुँदै ठुलो षड्यन्त्रले विघटन गरेको निष्कर्ष निकालेको बताए । उनले भने, यो विषयमा बैठकमा सहभागी सबै दलहरूको साझा मत रह्यो । यसबारे सर्वोच्चमा अदालतमा रिट परिसकेको छ । सबै दलहरूको आआफ्नै निर्णय छन् । त्यसैको आधारमा अद्दि बढ्छौँ । उनले संसद् पुनर्स्थापना गरेर संवैधानिकबाटै जेनजीले उठाएको विषय सम्बोधन गरेर जानुपर्ने मत रहेको बताए ।

कांग्रेसका नेता श्याम घिमिरेले पनि संसद् विघटन असंवैधानिक रहेको पार्टीले ठहर गरिसकेको बताए ।उनले भने, हामीले पार्टीको तर्फबाट एउटा निर्णय गरिसकेका छौँ । तर, लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनबाट पनि पछि हट्दैनौँ । यसबारे सर्वोच्च अदालतले नै अन्तिम व्याख्या गर्ने हो । जे फैसला गर्छ त्यसलाई सम्मान गरेर जान्छौँ ।

सर्वोच्चले निर्वाचन हुने फैसला गरेपनि आफ्नो दल तयार रहेको बताए ।  यस्तै, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान सरकार संविधानसम्मत नभएको र उनको नियुक्ति संविधानको कुनै धाराले पनि नटेकेको बताए । संसद् विघटन नभएको भए वर्तमान संसदबाटै संविधान संशोधन गरी जेनजीको माग पूरा गर्नसक्ने भएपनि विघटन गरेकाले अब सम्भव नभएको बताए । सरकारका मन्त्रीहरू फागुन २१ मा निर्वाचन गराउनुभन्दा राजनीतिक दलहरूसँग मुठभेड गराउनेतर्फ उद्यत उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...