ज्यानै लिने मनसायले हामीमाथि आक्रमण गरियो : देउवाः



हाम्रो इकोनोमि

 

 

 

 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गतेको आन्दोलनमा क्रममा आफ्नो ज्यानै लिने मनसायले सांघातिक हमला गरिएको बताएका छन् । आन्दोलनका क्रममा भएका घटनाहरु आकस्मिक र स्वतस्फुर्त नभएर सुनियोजित भएको उनको निष्कर्ष छ ।

जेनजी आन्दोलनमा आफ्नै निवासभित्र आक्रमणमा परेका देउवा आज पहिलोपटक सार्वजनिक भएका हुन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति वैठकमा सहभागी हुँदै उनले आफू र परिवारको ज्यान जोगाउन भूमिका खेल्ने सुरक्षाकर्मी र शुभचिन्तकलाई धन्यवाद दिए । भदौ २३ र २४ गतेका घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन पनि उनले माग गरेका छन् ।

आफ्नो सम्वोधनमा देउवाले भनेका छन्, ‘गत भाद्र २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवारमाथि पनि ज्यानै लिने मनसायले सांघातिक हमला गरियो । घरमा तोडफोड, लुटपाट र आगजनी गरे, सुरक्षाकर्मीको घण्टौको अथक प्रयासपछि हामीलाई उद्दार गरिएको थियो । म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्यो तपाईंहरु जानकार नै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...