उपचारका लागि देउवा सिंगापुर जाने, पूर्णबहादुरलाई कार्यवाहक



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने भएका छन् । आज पार्टी कार्यालय सानेपा बसेको केन्द्रीय समिति बैठकबाट देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै छन् ।

कार्यवाहकको मस्यौदा पत्र तयार भइसकेको र आजै सम्बोधन गरेर औपचारिकता दिने वार्तामा सहभागी नेताले बताए । देउवा सम्भवतः भोलि नै उपचारका लागि सिंगापुर गएपछि बाँकी बैठक पनि खड्काले नै चलाउनेछन् । खड्का कार्यवाहक भएरै कांग्रेस महाधिवेशनमा जाने सम्भावना पनि बुझिएको छ ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवा दम्पती थप उपचारको लागि सिंगापुरमा जाने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...