प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट



हाम्रो इकोनोमि

 

 

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिटहरू दर्ताका लागि पेश हुनेक्रम चलेको छ । अदालतमा रिट दर्ता खुलेसँगै विभिन्न व्यक्तिहरू रिट लिएर गएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अहिलेसम्म तीनवटा रिट परेका छन् । रिटहरूमाथि अध्ययन भइरहेकाले दर्ता भइनसकेको उनले बताएका छन् । प्रतिनिधिसभा विघटन र सरकार गठन असंवैधानिक ठहर गर्दै बदर गर्न रिटमा माग गरेको एकजना निवेदक युवराज पौडेलले बताए ।

सर्वोच्चमा आएका सबै रिट सार्वजनिक सरोकारका विषयमा आधारित छन् । दलगत रूपमा कुनै पनि रिट सर्वोच्चमा नपुगेको स्रोतले जनाएको छ । दायर भएका रिटउपर सार्वजनिक सुनुवाइको माग गरिएका छन् । ती रिट दर्ता गर्ने कि नगर्ने भन्नेबारे अहिले छलफल भइरहेको सर्वोच्च स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...