नेपाललाई अस्थिर पार्ने योजनाबद्ध हमला थियो : न्यूयोर्क टाइम्स



हाम्रो इकोनोमि

 

 

 

गत महिनामा नेपालका विभिन्न सहरमा फैलिएको हिंसात्मक अशान्ति र आगजनीबारे नयाँ प्रमाणहरू बाहिरिएका छन् । न्यूयोर्क टाइम्सको अनुसन्धान अनुसार ती घटनाहरू जनताको आकस्मिक क्रोध वा स्वतःस्फूर्त प्रदर्शन होइनन्, बरु पूर्वनियोजित र समन्वित अभियान थिए( जसले देशभर सरकारी भवन, पार्टी कार्यालय र सञ्चार माध्यमहरूलाई लक्ष्य बनायो ।

सरकारी निकायहरूले तत्काल घटनालाई ‘स्वतःस्फूर्त विरोध’ भनेका थिए, तर सुरक्षा फुटेज, मोबाइल लोकेसन डेटा र प्रत्यक्षदर्शीहरूका बयानहरूले त्यो दाबीलाई कमजोर बनाएको छ।

केही घण्टाको अन्तरालमा सबै नेता तथा प्रभावशाली व्यक्तिहरूको ठेगाना तथा तस्बिरसहितको विस्तृत विवरण व्यवस्थित रूपमा कसरी तयार भए ? कसरी प्रभावकारी रूपमा वितरण सम्भव भयो ?
दुई घण्टाभित्रै सबै प्रमुख प्रशासनिक भवनहरूमा आगो लागेको छ ।

आगलागी सुरु भएको आधा घण्टा नबित्दै देखिएको कालो धुवाँ, आगोको मुस्लोको स्वरुप लगायत हेर्दा यसमा त्यहाँभित्र रहेका निम्न गुणस्तरका फर्निचर तथा ज्वलनशील निर्माण सामग्रीका कारणमात्रै भएको जस्तो देखिँदैन । त्यहाँ अति प्रज्वलनशील रासायनिक पदार्थहरू पनि राखिएको जस्तो देखिन्छ । के पहिले नै त्यहाँ सोडियम, म्याग्नेसियम जस्ता खास प्रकारका पदार्थ राखिएका त थिएनन्  ?

यस्ता अति प्रज्वलनशील पदार्थहरू सहजै किन्न पाइँदैन । के त्यसमा कुनै विशेष पहुँच भएको समूह संलग्न छ ? केही घण्टाको अन्तरालमा सबै नेता तथा प्रभावशाली व्यक्तिहरूको ठेगाना तथा तस्बिरसहितको विस्तृत विवरण व्यवस्थित रूपमा कसरी तयार भए ? कसरी प्रभावकारी रूपमा वितरण सम्भव भयो  ?

त्यहाँ अति प्रज्वलनशील रासायनिक पदार्थहरू पनि राखिएको जस्तो देखिन्छ । के पहिले नै त्यहाँ सोडियम, म्याग्नेसियम जस्ता खास प्रकारका पदार्थ राखिएका त थिएनन्  ? यस्ता अति प्रज्वलनशील पदार्थहरू सहजै किन्न पाइँदैन । के त्यसमा कुनै विशेष पहुँच भएको समूह संलग्न छ  ?

आगलागी गराउनका लागि बिचमा एक-एक तला छोडेर आगो लगाइएको छ जुन भवनहरू जलाउनका लागि प्रयोग गरिने प्रभावकारी तरिका हो । प्रत्यक्षदर्शीहरूका अनुसार त्यहाँ मानिसहरूको रहस्यमय ओहोरदोहोर देखिन्छ । यस्तो व्यवस्थित आक्रमण भिडले कसरी गर्‍यो  ?

सिंहदरबार आगलागीका दौरान युवाहरूको हातमा एक्कासि पेट्रोल बम लगायत अन्य तयारी अवस्थाका ज्वलनशील पदार्थ दिलाइएको थियो । यसरी ओसार्नेमा केही अधबैँसे मानिस पनि संलग्न थिए । हातमा बन्दुक तथा घरेलु हतियार लिएका केही प्रदर्शनकारी कार्यालयमा घेरा हालिरहेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार खास प्रकारको काम गर्नेहरूलाई नगदसमेत दिलाएको अनुमान थियो । यसरी व्यवस्थित रूपमा संवेदनशील पदार्थ कसले उपलब्ध गरायो  ? आगलागी प्रतिरोधी अवस्थामा राखिएका संवेदनशील दस्ताबेजहरू पूर्वजानकारी भए जसरी नै खोजीखोजी जलाइएको छ । यस्तो सूचना कसरी प्राप्त भयो ? कसले यस्ता सामग्री तयार गर्ने तथा आपूर्ति गर्ने काम ग¥यो  ? नेपाल प्रहरीको केन्द्रीय ‘फरेन्सिक ल्याब’मा समेत आक्रमण गरिएको छ । सेनालाई हस्तक्षेप नगर्न आदेश दिइएको भनिएको छ ।

जेलबाट निस्किएका नेताहरू तथा आन्दोलनलाई उग्र बनाउने समूहका नेताका घर भने सुरक्षित छन् । अझै पनि कुनै औपचारिक अनुसन्धान सुरु भएको छैन । सरकारी अधिकारीहरू नै देशको एक तिहाइ अर्थतन्त्र बराबरको क्षति भएको अनुमान गर्दैछन् । यद्यपि घटनाका जिम्मेवार को हुन् भन्ने प्रश्न अझै अनुत्तरित छ ।

नेपाल प्रहरीको फरेन्सिक ल्याबका शाखा अधिकृत पवन ढुंगानाले न्यूयोर्क टाइम्ससँगको कुराकानीमा आगलागीमा रासायनिक पदार्थ प्रयोग भएको स्वीकार गरेका छन् । उनले कुनै रसायनको स्पष्ट पहिचान नभएको बताउँदै पनि सोडियम र म्याग्नेसियमजस्ता रासायनिक तत्त्व प्रयोग भएको अनुमान गरेका छन् सिङ्गापुरका आगलागी विज्ञ केनेथ किले प्रश्न गरेका छन्– सुरक्षा निकायकै खेल त होइन ?

योजनाबद्ध विनाशको प्रमाण

न्यूयोर्क टाइम्सले प्राप्त गरेका निगरानी भिडिओ र प्रहरी स्रोतका अनुसार, काठमाडौं, पोखरा र विराटनगरमा भएका आगजनीहरू एउटै समयमा सुरू भएका थिए।

काठमाडौंको मीनभवनस्थित सरकारी कार्यालयमा आगो लगाउने व्यक्तिहरू उस्तै पहिरनमा थिए र एउटै दिशाबाट समन्वित रूपमा प्रवेश गरेका देखिन्छन् ।

एक प्रहरी अधिकृतले नाम नखुलाउने सर्तमा भने – ‘यो जनआन्दोलनको स्वतःस्फूर्त प्रतिक्रिया थिएन । हामीसँग पर्याप्त प्रमाण छन् कि केही समूहले पूर्वयोजना बनाएको थियो ।’

सामाजिक सञ्जाल र रहस्यमय सन्देश

अनुसन्धानमा टेलिग्राम र इन्क्रिप्टेड च्याट ग्रुपहरूमा भएका सन्देशहरू पनि समावेश छन्, जसमा ‘एकै समयमा सडकमा उत्रन’ र ‘सरकारी प्रतिकहरूमा प्रहार गर्न’ निर्देशन दिइएको पाइन्छ ।

ती सन्देशहरू अज्ञात खाताबाट पठाइएका थिए, र प्रयोग गरिएका फोन नम्बरहरू विदेशी सिम कार्डहरूबाट चलाइएका थिए ।

एक साइबर सुरक्षा विज्ञले बताए – ‘यी खाता र सन्देशहरू नेपालको भित्री राजनैतिक असन्तोषलाई बाह्य प्रभावले हेरफेर गर्न प्रयोग भएको देखिन्छ ।

प्रत्यक्षदर्शी र पीडितका बयान

काठमाडौंको सिंहदरबार नजिकै रहेको कार्यालयमा कार्यरत एक कर्मचारीले भने- ‘हामीलाई सुरूमा लाग्यो, केही रिसाएका प्रदर्शनकारी हुन् । तर, उनीहरू निकै संयोजित थिए- सिधै निशानामा लाग्ने बम र पेट्रोलका बोतल बोकेका थिए ।

पोखरामा आगजनीका क्रममा दुई प्रहरी घाइते भएका थिए । विराटनगरमा भने करिब एक दर्जन मोटरसाइकल र सरकारी गाडी जलाइएका थिए ।

सरकारी छानबिन सुरू, तर उत्तर खोज्न गाह्रो

गृह मन्त्रालयले घटनाको छानबिन गर्न विशेष आयोग गठन गरेको छ, जसमा उच्च प्रहरी अधिकारी, गृह सचिव र स्वतन्त्र विशेषज्ञहरू समावेश छन् ।

तर आयोगका एक सदस्यका अनुसार, मुख्य प्रमाणहरू नष्ट भइसकेका छन् र केही डिजिटल डाटाहरू मेटाइएका छन् । छानबिनमा ढिलाइ र राजनीतिक दबाबका कारण वास्तविक दोषीसम्म पुग्न कठिन हुने चिन्ता बढ्दै गएको छ ।

राजनीतिक सन्दर्भ

अशान्ति तीव्र भएको समय देशमा राजनीतिक अस्थिरता गहिरिँदै गएको थियो । त्यस बेला प्रधानमन्त्रीको राजीनामा माग गर्दै युवाहरूले सडकमा विरोध प्रदर्शन गरेका थिए । तर, आगजनीका घटनाले आन्दोलनको नैतिक बल कमजोर बनाएको विश्लेषकहरूको भनाइ छ ।

एक वरिष्ठ विश्लेषकले भने – ‘कतिपय घटनाहरूले देखाउँछन् कि असन्तुष्ट जनताको आन्दोलनमा अशान्ति फैलाउने तत्वहरू जानाजानी घुसेका थिए’

न्यूयोर्क टाइम्सको अनुसन्धानले स्पष्ट पार्दछ- नेपालमा गत महिनाको आगजनी केवल भावनात्मक विस्फोट होइन, बरु संगठित रणनीतिक गतिविधि थियो, जसले राजनीतिक र सामाजिक अस्थिरतालाई थप गहिरो बनायो ।

सरकारी छानबिन जारी छ, तर उत्तरहरू झन् कठिन हुँदै गएका छन्- जसले यो संकटलाई केवल कानुनी होइन, राजनीतिक र वैचारिक चुनौतीका रूपमा पनि उभ्याएको छ ।

नेपालजस्तो संवेदनशील राजनीतिक परिवेशमा स्वतःस्फूर्त विरोध र योजनाबद्ध अराजकता छुट्याउन कठिन हुन्छ । तर, न्यूयोर्क टाइम्सको प्रमाणहरूले संकेत गर्छ- यो केवल सडकको आक्रोश होइन, कसैले योजनाबद्ध रूपमा राज्यलाई अस्थिर पार्ने प्रयास थियो ।

सरकारले छानबिनलाई पारदर्शी, निष्पक्ष र समयबद्ध ढंगले अघि बढाउन सकेन भने, जनविश्वास थप कमजोर हुनेछ। र, त्यो अवस्था अर्को अराजकताका लागि निम्तो बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...