जेनजी आन्दाेलनमा भागेका साढे ६ हजार कैदी अझै बाहिरै



हाम्रो इकोनोमि

 

 

 

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे ६ हजार भन्दा बढी कैदीबन्दीको विवरण सार्वजनिक भएको छ । कारागार व्यवस्थापन विभागले आइतबार आफ्नो आधिकारिक वेबसाइटमार्फत फरार रहेका ६ हजार ५१६ कैदीबन्दीको नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गर्दै उनीहरूको खोजी र नियन्त्रणका लागि देशभरका सबै सरकारी निकायरूलाई सक्रिय हुन निर्देशन सूची सार्वजनिक भएको विभागले जनाएको हो ।

सार्वजनिक सूची अनुसार ५ हजार ८६८ जना नेपाली, ५४० जना भारतीय र १०८ जना भारतीय बाहेक विदेशी कैदीबन्दी फरार रहेका छन् । गृह मन्त्रालयले आइतबारकै मन्त्रीस्तरीय निर्णय अनुसार यो सूचना प्रकाशित भएको हो ।

यसअघि २०८२ असोज १० गते गृह मन्त्रालयले सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकाय र अन्य प्रतिनिधि सदस्य रहने गरी ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेको थियो । उक्त कार्यदल गठनपछि अहिलेसम्म ९ हजार ८ जना कैदीबन्दी कारागारमा फर्किसकेका छन् ।

तथापि, अझै पनि ५ हजार ५४७ जना कैदीबन्दी कारागार बाहिर रहेको अवस्थामा छन् । यसैले, बाहिर रहेका कैदीबन्दीलाई कारागारमा शीघ्र फिर्ता ल्याउने कार्यलाई अझ प्रभावकारी बनाउनु जरुरी देखिएको गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता आनन्द काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...