जेनजी आन्दाेलनमा भागेका साढे ६ हजार कैदी अझै बाहिरै



हाम्रो इकोनोमि

 

 

 

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे ६ हजार भन्दा बढी कैदीबन्दीको विवरण सार्वजनिक भएको छ । कारागार व्यवस्थापन विभागले आइतबार आफ्नो आधिकारिक वेबसाइटमार्फत फरार रहेका ६ हजार ५१६ कैदीबन्दीको नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गर्दै उनीहरूको खोजी र नियन्त्रणका लागि देशभरका सबै सरकारी निकायरूलाई सक्रिय हुन निर्देशन सूची सार्वजनिक भएको विभागले जनाएको हो ।

सार्वजनिक सूची अनुसार ५ हजार ८६८ जना नेपाली, ५४० जना भारतीय र १०८ जना भारतीय बाहेक विदेशी कैदीबन्दी फरार रहेका छन् । गृह मन्त्रालयले आइतबारकै मन्त्रीस्तरीय निर्णय अनुसार यो सूचना प्रकाशित भएको हो ।

यसअघि २०८२ असोज १० गते गृह मन्त्रालयले सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकाय र अन्य प्रतिनिधि सदस्य रहने गरी ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेको थियो । उक्त कार्यदल गठनपछि अहिलेसम्म ९ हजार ८ जना कैदीबन्दी कारागारमा फर्किसकेका छन् ।

तथापि, अझै पनि ५ हजार ५४७ जना कैदीबन्दी कारागार बाहिर रहेको अवस्थामा छन् । यसैले, बाहिर रहेका कैदीबन्दीलाई कारागारमा शीघ्र फिर्ता ल्याउने कार्यलाई अझ प्रभावकारी बनाउनु जरुरी देखिएको गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता आनन्द काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...