एमाले केन्द्रीय सचिवालय बैठक गुण्डुमा



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरू भएको छ । अध्यक्ष केपी ओलीको डेरा गुण्डुमा केही बेरअघि बैठक जारी छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेन-जी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डा तय गर्नेछ ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश, जिल्ला र प्रवासका अध्यक्षहरूसँग गर्नु भएको भर्चुअल बैठकको जानकारी, वर्तमान सरकारले लिन सक्ने कदम, निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी छ ।

एमालेमा संसद पुनस्थापना र निर्वाचनमा जाने भन्नेबारे पनि मतभेद छ । अध्यक्ष ओली संसद पुनस्थापनको एजेन्डा लिएर सडकमा जानुपर्ने पक्षमा रहेको हिजो सार्वजनिक रूपमै बताइसकेका छन् ।

तर, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भने देशलाई निकास दिन चुनावको विकल्प नभएको भन्दै यही ढंगले आजको बैठकमा कुरा राख्ने बताइन् । यस्तै पार्टी पुनर्गठनको लागि ओलीलाई नेतृत्वबाट बिदा गरेर वरिष्ठ उपाध्याक्ष ईश्वर पोखरेललाई कार्यवाहक तोकेर महाधिवेशनमा जानुपर्ने बहस पनि चलिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...