एमाले केन्द्रीय सचिवालय बैठक गुण्डुमा



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरू भएको छ । अध्यक्ष केपी ओलीको डेरा गुण्डुमा केही बेरअघि बैठक जारी छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेन-जी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डा तय गर्नेछ ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश, जिल्ला र प्रवासका अध्यक्षहरूसँग गर्नु भएको भर्चुअल बैठकको जानकारी, वर्तमान सरकारले लिन सक्ने कदम, निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी छ ।

एमालेमा संसद पुनस्थापना र निर्वाचनमा जाने भन्नेबारे पनि मतभेद छ । अध्यक्ष ओली संसद पुनस्थापनको एजेन्डा लिएर सडकमा जानुपर्ने पक्षमा रहेको हिजो सार्वजनिक रूपमै बताइसकेका छन् ।

तर, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भने देशलाई निकास दिन चुनावको विकल्प नभएको भन्दै यही ढंगले आजको बैठकमा कुरा राख्ने बताइन् । यस्तै पार्टी पुनर्गठनको लागि ओलीलाई नेतृत्वबाट बिदा गरेर वरिष्ठ उपाध्याक्ष ईश्वर पोखरेललाई कार्यवाहक तोकेर महाधिवेशनमा जानुपर्ने बहस पनि चलिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...