कानुनविपरित चल्नेहरुलाई मंसिर नलाग्दै घिसारेर सडकमा ल्याइन्छ : सूर्य थापा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य सूर्य थापाले ‘चुनाव फोबिया’ भएको सरकारले नै चुनाव गराउने कुरा असम्भव रहेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै थापाले अनिर्वाचित, मनोनित र असंवैधानिक प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल चुनाव गराउने प्राणी नै नभएको दाबी गरेका छन् ।

‘यिनका कामको फेहरिस्तले बताउँछ चुनाव फोबिया । चुनाव गराउने मती भए पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुलाई पक्राउ गर्न गैह्र कानुनी आदेश दिने थिएनन्’ थापाले लेखेका छन्, ‘लोकतन्त्रमा हुल अफ ल किमार्थ स्विकार्य छैन ।

थापाले कानुनविपरित चल्नेहरुलाई जनताले मंसिर नलाग्दै घिसारेर कहाँ पुर्‍याउँछन् भन्ने हेक्का राख्न चेतावनी दिएका छन् । सार्वजनिक, व्यक्तिगत सम्पती, पार्टी कार्यालयमा आगजनी, तोडफोड र ध्वंस्स गर्नेहरुले जहाँसुकै भए पनि उन्मुक्ति नपाउने उनले दाबी गरेका छन् । यस्ता अपराधीहरुलाई राज्ले कानुन बमोजिम कार्यबाही नगरे टोलटोलबाट जनकारबाही गरिने थापाले चेतावनी दिएका छन् ।

 

यस्तो छ थापाले लेखेको स्टाटस :

अनिर्वाचित, मनोनित र असंवैधानिक प्रधानमन्त्री सुशीला कार्की र ओमप्रकाश अर्याल जत्था चुनाव गराउने प्राणी हुँदै होइनन् । यिनका कामको आजीवन फेहरिस्तले बताउँछ- चुनाव फोबिया । चुनाव गराउने मति भए पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न गैरकानुनी आदेश दिने थिएनन् । लोकतन्त्रमा हुल अफ ल किमार्थ स्वीकार्य छैन ।

चारवटा सुरक्षा प्रमुखहरूले यिनका गलत आदेश खारेज गरिसके । गैरकानुनी आदेशको त न्यायालयमा पनि चुनौती, परीक्षण र खारेजीको प्रक्रिया अवलम्बन हुन्छ नै । साथै, संविधान र कानुनविपरित चल्नेहरूलाई जनताले मंसिर लाग्दा नलाग्दै घिसारेर कहाँ पु-याउँछन्- सुशीला, ओमप्रकाश, बालेन र सुदने (दलाई लामा ग्याङ)ले हेक्का राख्न जरूरी छ ।

एक एक ऐतिहासिक सम्पदा,सरकारी कार्यालय, व्यक्तिगत घर-सम्पति र पार्टी कार्यालयसमेत जलाउने जल्लाद, अपराधी र हत्याराहरूले पानीमुनी वा पृथ्वीभरि जहाँसुकै पुगे पनि उन्मुक्ति पाउने छैनन् । राज्यबाट कानुनबमोजिम कारबाही नभए/नगरे टोलटोलबाट जनकारबाही हुनेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...