म गुन्डुमै बस्छु, समातेर देखाउ : महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन शाहको योजनामा हामी नेपालका संयोजक सुधन गुरुङ आफूलाई पक्राउ गराउन हिँडेको आरोप लगाएका छन् । पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बालेनकै योजनामा आफूसहित केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्छ भनेर दबाब अभियान चलाइएको जिकिर गरे । उनले भने, हामीलाई पक्राउ गर्नुपर्छ भनेर सोसल मिडियामा ट्रेन्ड चलाउँछन्। र प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा डेलिगेसन जान्छन् ।

सुधनलाई विदेशीलाई एजेन्टको रूपमा प्रयोग गरेर सरकारी उच्च तहको बैठकमा समेत पठाएको उनको दाबी छ । उनले जेनजी आन्दोलनको क्रममा भएको घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न माग गरे । उनले रवि लामिछानेलाई जेलबाट छुटाउन नख्खु कारागार पुगेका डिपी अर्याल, मनिष झा, ज्वाला संग्रौलालगायतमाथि पनि छानबिन गर्न माग गरे । उनले फूलपातीको दिनदेखि आजसम्म आफूलाई पक्राउ गर्ने प्रयास भइरहेको बताए ।

उनले थपे, हुँदै नभएको मुद्दा सिर्जना गरेर, पात्रहरू खडा गरेर, गिरफ्तार गर्ने प्रयास भयो, अदालतले सरकारको त्यो षड्यन्त्रलाई स्वीकार गरेन। हिजो मेराविरुद्ध पक्राउ पुर्जी जारी गर्न दलबलसहित गएको प्रहरीलाई अदालतले फिर्ता गरिदियो ।

उनले आफ्नो आवाज थुन्नको लागि षड्यन्त्र गरिएको बताए। ५ महिना अगाडि प्रमाण नपुग्ने भनेर तामेलीमा राखेको मुद्दा अहिले दबाबमा खोलिएको भन्दै आजै मात्रै पनि आफू बयान दिएर आएको बताए ।उनले थपे, ‘म भाग्न चीन भारत कहीँ भएको छैन । यही बस्छ, गुन्डुमै बस्छ । मलाई समातेर देखाउनुस् । लोकतन्त्र, राष्ट्रियता र विधिको शासनको लागि एक पटक होइन, सयौँ पटक जेल जान तयार छु । 

प्रतिक्रिया दिनुहोस
राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...

गौरीगञ्जबासीले ओलीलाई भने, सुर्य बाहेक अन्त हातै जाँदैन

    झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त...

७४ लाख सहकारी पीडितबारे रबि किन मौन : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा...