विपिन जोशी रिहा हुने संकेत



हाम्रो इकोनोमि

 

 

 

 

 

 

इजिप्टको राजधानी कायरोमा इजरायल र हमासबीच सुरु भएको अप्रत्यक्ष वार्ताको पहिलो दिन ‘सकारात्मक’ माहोलमा सम्पन्न भएको इजिप्टेली अधिकारीहरूले बताएका छन् । यस वार्ताले गाजामा जारी युद्धविराम र बन्धक मुक्तिको सम्भावनामा नयाँ आशा जगाएको अलजजीराले जनाएको छ ।

नेपालका विपिन जोशीसहितका बन्धक रिहाइलाई पहिलो शर्त बनाइएको वार्तामा प्रत्यक्ष रूपमा इजरायल र हमासका प्रतिनिधिहरू एउटै कोठामा उपस्थित थिएनन् । उनीहरूबीच इजिप्ट र कतारका मध्यस्थहरूले सन्देश आदानप्रदान गर्दै वार्ता अघि बढाएका थिए । अमेरिकी अधिकारीहरू पनि अप्रत्यक्ष रूपमा वार्तामा संलग्न थिए ।

इजिप्टेली कूटनीतिक स्रोतहरूका अनुसार वार्ताको पहिलो दिनमा दुवै पक्षले केही ‘साझा बिन्दुहरू’मा सहमति देखाएका छन्— विशेषगरी मानवीय सहायता गाजामा सहज रूपमा पुगोस् र बन्धक आदानप्रदान प्रक्रियामा विश्वास कायम होस् भन्ने विषयमा ।

इजरायली सञ्चारमाध्यमहरूका अनुसार हमासले युद्धविरामको प्रस्तावसहित केही मानवीय सर्तहरू अघि सारेको छ । तीमध्ये मुख्य मागहरूमा( इजरायली सेनाले गाजाको उत्तरी भागबाट फिर्ता हुनुपर्ने, नाकाबन्दी खुकुलो पारिनुपर्ने, र अस्पताल तथा राहत संरचनामाथिको आक्रमण रोक्नुपर्ने लगायतका छन् ।

इजरायली पक्षले भने आफ्नो प्राथमिकता बन्धकहरूको मुक्तिलाई दिएको छ । उनीहरूले भनेका छन्, जबसम्म बन्धकहरू सुरक्षित रूपमा फर्काइँदैनन्, पूर्ण युद्धविरामको प्रश्न उठ्दैन । तर मध्यस्थहरूले दुवै पक्षलाई ‘मानवीय स्थिरता’ कायम गर्न आग्रह गरेका छन् ।

कतार र इजिप्टले वार्ताको दोस्रो चरण शुक्रवारका लागि तय गरेको जनाइएको छ । त्यहाँ बन्धकहरूका नामसूची र सम्भावित चरणबद्ध युद्धविरामबारे छलफल हुने अपेक्षा गरिएको छ । विभिन्न चरणमा बन्दी रिहाइ हुँदा पनि विपिन जोशी भने हमासकै कब्जामा रहेको मानिएको छ  ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...