प्रधानमन्त्री निवास र अख्तियारमा प्रहरीको कमाण्डो टोली परिचालन



हाम्रो इकोनोमि

 

 

जेन-जी समूहको धम्कीपछि आज बिहानैदेखि काठमाडौंको संवेदनशील ठाउँमा प्रहरीको कमाण्डो टोली परिचालन गरिएको छ । बिहान ७ बजेदेखि नै प्रधानमन्त्री निवास, बालुवाटार र टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको क्षेत्रमा कमाण्डो टोली तैनाथ गरिएको हो । ती क्षेत्रमा ‘छानिएका’ प्रहरी अधिकृतलाई बोलाएर खटाइएको छ । साथै संवेदनशील क्षेत्रमा भिड जम्मा भए साथै सुरक्षालाई चुनौती दिने गतिविधि भए सिलसिलेबार बल प्रयोग गरिने प्रहरीका एक कमाण्डो अधिकारीले बताए ।

सोमबार राति प्रधानमन्त्री निवास, बालुवाटारमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा आईजी चन्द्रकुवेर खापुङले प्रहरीलाई जेनजी समूहले कार्यालयमै आएर धम्की दिएकोप्रति आपत्ति जनाएका थिए । प्रधानमन्त्री सुशीला कार्कीले प्रहरी मनोबल खस्किने कुनै पनि कार्य जायज नभएको बताएकी थिइन् । प्रहरी स्रोतका अनुसार सुरक्षा चुनौती भएका ठाउँमा विशेष सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्रीले दिएको निर्देशनबमोजिम आज बिहानैबाट दुई ठाउँमा कमाण्डो टोली परिचालन गरिएको छ । उक्त टोलीलाई भिड नियन्त्रणका निम्ति चेतावनी दिनेदेखि बल प्रयोग गर्नेसम्मको अधिकार छ ।

हामी नेपालका संस्थापक सुधन गुरुङसहितको टोली हिजो पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने मागसहित किटानी जाहेरी लिएर प्रहरीकहाँ पुगेका थिए । प्रहरीले भदौ २३-२४ को घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेको भन्दै जाहेरी लिन इन्कार गर्‍यो । सुधनको टीम ‘सडकबाटै देखाइदिन्छौं’ भन्दै निस्केको थियो । सुरक्षा संवेदनशीलताको कारण देखाउँदै काठमाडौं उपत्यका प्रहरी परिसरले हिजै साँझ प्रहरी बिटका सबै टोलीलाई फिर्ता बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...