मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रुपमा खुल्यो
चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोलामा आएको पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रुपमा खुलेको छ । पहिरोका कारण हिजोदेखि अवरुद्ध सडक आज दिउँसोबाट खुलेको हो । तुइनखोलामा गएको पहिरो सबै पन्छाइसकिएको छ । अहिले उक्त सडकखण्डमा गाडीहरू सहज आवागमन भइरहेका छन् । देशभर भएको अविरल वर्षापछि चितवन हुँदै जाने सवारीसाधनलाई रोक लगाइएको थियो । आज मौसममा सुधार भएसँगै राजमार्गहरूमा सवारी साधनहरू धमाधम खुल्न थालेका छन् ।


