बाढीपहिरोबाट देशभर ४३ को मृत्यु



हाम्रो इकोनोमि

 

असोज १७ गतेदेखिको अविरल वर्षाका कारण देशभर ४३ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक विवरणअनुसार मृत्यु हुनेमध्ये इलाममा मात्र ३७ जना रहेका छन् । प्राधिकरणका अनुसार रौतहटमा ३ जना, पाँचथरमा १ जना, खोटाङमा १ जना र उदयपुरमा १ जनाको मृत्यु भएको छ । यसैगरी पाँचजना हराइरहेका छन् । बेपत्तामध्ये स्याङ्जामा ४ जना खोलाले बगाएको र इलाममा १ जना पहिरोमा पुरिएको प्राधिकरणले जनाएको छ ।

घाइतेको संख्या १२ पुगेको छ । जसमा इलाममा ४ जना, भोजपुरमा ३ जना, खोटाङमा ३ जना, पाँचथरमा १ जना र मकवानपुरमा १ जना घाइते भएका छन् । अत्यधिक वर्षाका कारण इलामको माङसेबुङमा अलपत्र परेका २ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

सरकारले असोज १८ देखि २० गतेसम्म लामो दूरीका सवारी साधन सञ्चालन रोक्दै उच्च सतर्कता अपनाउन निर्देशन दिइसकेको छ । स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका परिवारलाई सुरक्षित स्थानमा सार्ने र उद्धार-राहतका लागि सुरक्षा निकायलाई परिचालन गरेका छन ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...