संविधान बचाउन सहजीकरण गरेँ : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने कसरत भएको बताएका छन् । शुक्रवार संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दिया । मैले संसद् विघटन गर्ने मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने नजिकबाट हेर्ने र नजिकबाट बुझ्ने मौका पाएँ । यसको हुनसक्ने सहजीकरणबारे रातभर बसेर राष्ट्रपति, सेनापति र नेताहरूसँग कुरा गरेर संविधान बचाउन आग्रह गरे ।
राष्ट्रपति रामचन्द्र पौडेलसहित सेनापति र अन्य दलका नेताहरूसँग संवाद गरेर अन्तरिम सरकार बनाएर संविधान बचाउन भूमिका खेलेको उनको भनाई छ । उनले निकै अप्ठ्यारो परिस्थितिमा संविधानलाई रक्षा गर्न राष्ट्रपति पौडेल उभिएकाले उनलाई धन्यवाद समेत दिए । प्रधानसेनापतिको भूमिका पनि प्रशंसनीय रहेको उनले धन्यवाद दिए ।


