डेरा खोज्दै निवर्तमान प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

जेनजी आन्दोलनपछि नेपाली सेनाको सुरक्षामा रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली चाँडै बाहिर निस्किने तयारीमा रहेका छन् । बालकोटस्थित ओलीको निजी निवास आन्दोलनमा ध्वस्त भएकाले उनका लागि अस्थायी बसोबास (डेरा) को खोजी भइरहेको छ । जेनजी आन्दोलनमा प्रदर्शनकारीको सबैभन्दा बढी तारो एमाले बनेको थियो ।

एमालेका कार्यालयदेखि सयौं नेताहरूका निवासमा तोडफोड र आगजनी भएका छन् । बालकोटस्थित ओलीको निजी निवास पूर्णरूपमा खण्डहर बनेको छ । बाहिर निस्किनासाथ ओलीलाई सुरक्षित बासस्थानमा राख्न निकटस्थहरू खोजीमा जुटेका छन् । एमाले उच्च स्रोतले अध्यक्ष ओली बसोबास प्रबन्ध मिलाएर ३-४ दिनभित्र सार्वजनिक हुनसक्ने बतायो । स्रोतले भन्यो, यदि परिस्थितिमा नयाँ फेरबदल आएन भने ३-४ दिनमा बाहिर आउनुहुन्छ ।

ओलीको अनुपस्थितिमा एमालेको कुनै औपचारिक बैठक पनि बसेको छैन । ओलीले आफू बाहिर आएपश्चात मात्रै बैठक बस्ने सन्देश नेताहरुलाई पठाएका छन् । अध्यक्ष पद त्याग्ने कुनै पनि संकेत उनले नगरेको स्रोतको भनाइ छ । उहाँ बाहिर आएपछि पार्टी अध्यक्षकै रूपमा पूर्ववत सक्रिय बन्नुहुने छ,’ ओली निकट एक नेताले भने, नेतृत्वमा फेरबदलको अहिले सम्भावना छैन ।

ओली अहिले पार्टीका प्रमुख नेताहरूसँग नियमित सम्पर्कमा छन् । उनकै निर्देशन अनुसार भोलि एमालेले संविधान दिवसको कार्यक्रम आयोजना गरेको छ । आन्दोलनमा जलाइएको च्यासलस्थित केन्द्रीय कार्यालयको भग्नावशेषमै संविधान दिवसको कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा पार्टीका प्रमुख नेताहरूको उपस्थिति रहनेछ  ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...