निर्वाचित सरकारलाई अपदस्थ गरिएयो : बादल
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले जनताबाट निर्वाचित केपी ओली नेतृत्वको सरकारलाई अपदस्थ गरेर अनागरिक सरकार गठन गरेको टिप्पणी गरेका छन् । जेनजी प्रदर्शनकारीले आगजनी गरेको पार्टीको भग्नावशेष कार्यालयको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुशीला कार्की नेतृत्वको सरकारलाई अनागरिकको संज्ञा दिए ।
बादलले भने, अहिले लोकतन्त्रलाई अपदस्थ गरिएको छ । नागरिक सर्वोच्चताको प्रतीक संसद् हो तर संसद्लाई विघटन गरिएको छ । नागरिकहरूले निर्वाचित गरेको सरकारलाई अपदस्थ गरेको छ । संसद् विघटन गरिएको छ, अनागरिक सरकार असंवैधानिक ढंगले गठन गरिएको छ । उनले पार्टी अब समीक्षा र ध्रुवीकरणको चरणमा रहेको बताए ।


