जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको शवयात्रा
जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको नगर परिक्रमासहित शवयात्रा शिक्षण अस्पतालबाट पशुपतितर्फ सुरू भएको छ। शवयात्रा टिचिङ अस्पतालबाट महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाटसम्म पुग्नेछ । सयौं युवाहरू मोटरसाइकलसहित निस्किएका छन् । १० जनाको शव र्यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकप्टरमा काठमाडौं बाहिर लगिने भएको छ । चारजनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ ।
सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानमा साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । जेनजीको आन्दोलन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ । तीमध्ये धेरैजसो गोली लागेका र केही जलेको अवस्थामा भेटिएकाहरू छन् ।


