जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको शवयात्रा



हाम्रो इकोनोमि

 

 

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको नगर परिक्रमासहित शवयात्रा शिक्षण अस्पतालबाट पशुपतितर्फ सुरू भएको छ। शवयात्रा टिचिङ अस्पतालबाट महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाटसम्म पुग्नेछ । सयौं युवाहरू मोटरसाइकलसहित निस्किएका छन् । १० जनाको शव र्‍यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकप्टरमा काठमाडौं बाहिर लगिने भएको छ । चारजनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ ।

सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानमा साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । जेनजीको आन्दोलन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ । तीमध्ये धेरैजसो गोली लागेका र केही जलेको अवस्थामा भेटिएकाहरू छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...