टुक्रे आयोजना खारेज गर्छौँ, फजुल खर्च घटाउँछौँ : अर्थमन्त्री खनाल
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने बताएका छन् । सोमबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् । उनले भने, पूर्व तयारी नरहेका आयोजनाहरूको काम अगाडी बढाउँदैनौँ । तयारी नभएका टुक्रे आयोजना खारेज गर्छौँ । फजुल खर्च मूल्याङ्कन गरेर काम गर्छौँ । आफूहरूले आयोग मार्फत दिएका सुझावहरू कार्यान्वयन गर्न समेत तत्पर रहेको उनले बताए ।
अर्थ मन्त्रालय परिसरमा रहेको भंग्नावशेश तुरुन्तै हटाउने समेत उनले जानकारी दिए । हामी खरानीबाट जाग्यौँ है भने सन्देश अर्थ मन्त्रालयबाट नै दिने समेत अर्थमन्त्री खनालले बताए । पदभार ग्रहणपछि अर्थमन्त्रीले बजेटबाट टुक्रे आयोजना हटाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।


