प्रधानमन्त्री कार्की बालुवाटारको मूल भवनमा बस्ने



हाम्रो इकोनोमि

 

 

नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की शपथ ग्रहणपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्न थालेकी छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मंगलबार भएको आगजनीका क्रममा बाहिरी भागमा क्षति पुगे पनि मूल भवन सुरक्षित रहेका कारण त्यहिँ बस्न थालेको मुख्यसचिव एकनारायण अर्यालले  बताए । उनका अनुसार प्रदर्शनकारीले गाडीमा आगजनी र केही भवनमा तोडफोड गरे पनि प्रधानमन्त्री बस्ने मूल भवनमा क्षति पुगेको छैन ।

प्रधानमन्त्री कार्कीले आफ्नो निजी निवासमै बस्ने बताए पनि सुरक्षा व्यवस्थामा खटिएका सुरक्षाकर्मी लगायतको व्यवस्थापनका लागि समस्या हुने भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्नुपर्ने भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...