सुशीला नमान्ने भन्दै एक समूहले माग्यो कुलमान



हाम्रो इकोनोमि

 

 

जेनजी आन्दोलनकै नाममा देश लगभग राज्यविहीन अवस्थामा रहेको बेला आन्दोलन आह्वानकर्ताहरूकै अलग-अलग समूह खडा भएका छन् । जेनजीका नाममा फरक समूहको फरक वक्तव्यले उनीहरूको आन्दोलनबाट उत्पन्न राजनीतिक शून्यता लम्बिएको छ भने आन्दोलन बिस्तारै तमासामा परिणत हुन थालेको छ ।

कुनै संगठन, संरचना वा नेतृत्वको नाम नभएका यस्ता समूहको आधिकारितामाथि सेनाले प्रश्न उठाएको छ । उता आजै जेनजी नेपालकै नामबाट जारी भएको अर्को वक्तव्यमा जेनजी समर्थित अन्तरिम मन्त्रिपरिषदको नेतृत्व कुलमान घिसिङले गर्नुपर्ने उल्लेख छ । आफूहरूको पहिलो प्राथमिकता बालेन साह रहे पनि बालेनले यो प्रक्रियामा रुचि नै नदेखाएपछि घिसिङ उपयुक्त पात्र रहेको वक्तव्यमा उल्लेख छ ।

सुशीला कार्की उमेर र संवैधानिक दुवैरुपमा उपयुक्त नभएको जिकिर वक्तव्यमा गरिएको छ । जेनजीका नाममा देशमा तामासा र मजाक चल्न थालेको टिप्पणी हुन थालेको छ । हिजो आन्दोलनको समर्थमा सामाजिक सञ्जालमा ट्रेण्डिङ चलाउनेहरू नै अहिले आएर पश्चाताप व्यक्त गर्दै यस्तो अवस्थाको कल्पना नगरिएको भन्न थालेका छन् । अर्कोतिर सैनिक मुख्यालय बाहिर हिजोदेखि विभिन्न व्यक्तिका समर्थकको प्रदर्शन चलिरहेको छ ।

एउटा देश नै तहसनहस बन्ने यो अवस्थाको जिम्मेवार कसलाई बनाउने रु भन्ने बहस हुनुपर्नेमा मौकामा चौका दाउ खेल्नेहरू सल्बलाएका बेला देश भने अभिभावकविहीन र दिशाहीन बनेको छ । देश सरकारविहीन, शान्ति सुरक्षाविहीन र लगभग कोल्याप्सको अवस्थामा रहेको बेला राजनीतिक दलका नेताहरू अघोषित नजरबन्द र भूमिगत अवस्थामा भएकोले जेनजीले नै अघि सारेका र रुचाएका भनिएका पात्रहरूले नै जिम्मेवार र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने अवस्था देखिन्छ ।

यस्तो अवस्थामा जेनजीका सबैभन्दा रुचि र अभिभावक मानिएका बालेन साह, उनीहरूबाट अघि सारिएका सुशीला कार्की, कुलमान घिसिङलगायतले साझा धारणा बनाएर तत्काल नेपाली सेनामार्फत राष्ट्रपतिसँग छलफल गर्नुपर्ने देखिन्छ । नत्र देशमा आगो लगाएर जिम्मेवारीविहीन बन्ने छुट कसैलाई छैन ।

यसका साथै आन्दोलनको दोस्रो दिनदेखि लगभग निष्क्रिय भएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले नेपाल सेना समेतको समन्वय युनिफाइड कमाण्ड बनाएर शान्ति सुरक्षा बहाली गर्ने,जेल र हिरासतबाट भागेकाहरुलाई खोजेर ल्याउने,लुटिएका हातहतियार खोज्ने र अवान्छित व्यक्ति र समूहलाई बल प्रयोग गरेर भने पनि लगभग प्राणविहीन भएको समाजमा प्राण फर्काउनुपर्ने देखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...