यातायात व्यवस्था विभागको सर्भरमा समस्या



हाम्रो इकोनोमि

 

 

यातायात व्यवस्था विभागको सिस्टममा समस्या आएपछि आज लाइसेन्सको सबै काम रोकिएको छ । नयाँ ट्रायल, लिखित परीक्षा र लाइसेन्स प्रिन्टको काम रोकिएको हो । यातायात व्यवस्था विभागले एक सूचना निकालेर सबै सेवा बन्द भएको जानकारी दिएको हो ।

यातायात व्यवस्था विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर केशव खतिवडाले यातायात व्यवस्था विभागको सरोबरमा समस्या आएर आजका लागि सबै काम बन्द भएको बताए । उनले  भने, ‘हाम्रो सरोबरमा समस्या आएकाले आज लिखित, ट्रायल र लाइसेन्स प्रिन्ट लगायत सबै काम रोकिएको छ ।

नयाँ लाइसेन्सको लागि अनलाइन आवेदन पनि रोकिएको छ । विभागका टिमले मर्मतको काम गरिरहनु भएको छ । आज बेलुकासम्म देखिएको समस्या समाधान हुन्छ होला । सरोबर नै डाउन भएपछि सबै काम बन्द भएको हो । देशभर नै नयाँ लाइसेन्सको ट्रायल, लिखितको काम रोकिएको छ ।

‘शुक्रबारदेखि विभागमा रहेको सवारीचालक अनुमति पत्र प्रणालीमा समस्या देखिएको छ । सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमति पत्रसँग सम्बन्धित सबै सेवा रोकिएको छ । इडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणालीहरुको सबै सेवाहरु बन्द भएको छ,’ यातायात व्यवस्था विभागले निकालेको सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...