सिके राउतले दाइलाई उपाध्यक्ष बनाएपछि जनमतमा विवाद



हाम्रो इकोनोमि

 

 

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले उपाध्यक्षमा आफ्नै दाइ जयकान्त राउतलाई पार्टीको उपाध्यक्षमा मनोनयन गरेपछि पार्टीभित्र विवाद देखिएको छ । गएको निर्वाचनबाट मधेशबाट नयाँ शक्तिको रूपमा उदाएको जनमत पार्टीमा अध्यक्ष राउतको कार्यशैलीलाई लिएर एकपछि अर्को विवाद देखिएको हो ।

राउतले मङ्गलवार दाइ जयकान्त र दानबहादुर चौधरीलाई उपाध्यक्षमा मनोनीत गरेका थिए । नयाँ पार्टीमा पुरानो झैँ गरेर परिवारवाद हाबी भएको भन्दै पार्टीका नेता कार्यकर्ता अध्यक्ष राउतको यो निर्णयबाट रुष्ट सुनिन्छन् ।

पार्टीको कारबाहीमा परेका उपाध्यक्ष दीपक साहले एक प्रेस विज्ञप्ति जारी गर्दै जनमत पार्टीले राष्ट्रिय उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णयको विरोध गरेका छन् । उनले विशेषतः पार्टी अध्यक्षद्वारा आफ्ना पारिवारिक सदस्यहरूलाई योजनाबद्ध रूपमा नेतृत्वमा उकास्ने प्रवृत्तिले संस्थागत राजनीतिलाई गम्भीर रूपले क्षति पुर्‍याएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...