रामकुमारी झाँक्रीलाई पार्टीबाट निष्कासित गर्ने तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा एसको सचिवालय बैठकमा स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधव नेपालविरुद्ध दिएको विस्फोटक अभिव्यक्तिले प्रवेश पाएको छ । बैठकमा अधिकांश नेताले झाँक्रीले बोल्नै नहुने कुरा बोलेको भन्दै पार्टीबाटै निकाल्नुपर्ने नेतृत्वलाई दबाब दिएको स्रोतले बतायो ।

पार्टीनिकट युवाको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा झाँक्रीले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने बताएकी थिइन् । नेकपा एसकी उपाध्यक्ष जयन्तीकुमारी राईले झाँक्रीले बोलेको कुरालाई लिएर प्राय: सबै नेताले आपत्ति जनाएको बताएकी छन् ।

अध्यक्ष माधव नेपालले भने राजनीतिक विषयमा कुरा गरेको तर, यो विषयमा केही नबोलेको सहभागी एक नेताले बताए । महासचिव घनश्याम भुसालको स्वास्थ्य समस्या कारण देखाउँदै आजको बैठक स्थगित गरिएको छ । 

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...