निजामती विधेयकमा गम्भीर षड्यन्त्र भयो : सांसद गिरी



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेकपा एमालेका सांसद पदम गिरीले निजामती विधेयकमा गरिएको ‘छेडखानी’ बारे स्वीकार्य नहुने बताएका छन् । सभामुखसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कुलिङ पिरियडबारे भएको छेडखानीले सिङ्गो संसदीय प्रक्रियालाई नै बदनाम गर्ने काम भएको भन्दै स्वीकार्य नहुने बताए ।

उनले भने हामीले लामो छलफलपछि कुलिङ पिरियड राख्ने सहमति गरेको थियौँ । तर, मुख्यसचिव, सचिव, सहसचिवहरूको हकमा लागू नहुने प्रकारको विधेयक सांसदबाट पारित भयो। यो गम्भीर षड्यन्त्र हो, सांसदमाथिको उपहास हो । सार्वभौम संसद् र समितिलाई धूलिसात बनाउनेका काम भयो । ऐनमा ‘बाहेक’ शब्द कहाँबाट थप्ने काम भएको त्यसको अनुसन्धान गरी निर्मम कारबाही गर्नुपर्ने बताए ।

समितिमा भएको सहमति संसदमा गएर पारित हुनुपर्ने भएपनि षड्यन्त्र गरिएको बताए । यसको निष्कक्ष छानबिन नभएसम्म समितिको बैठक बस्न नसक्ने भन्दै षड्यन्त्र गर्नेहरुले कारवाही भोग्नुपर्ने र नैतिकताको आधारमा जिम्मेवारी पनि छाड्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...

रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...