निजामती विधेयकमा गम्भीर षड्यन्त्र भयो : सांसद गिरी



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेकपा एमालेका सांसद पदम गिरीले निजामती विधेयकमा गरिएको ‘छेडखानी’ बारे स्वीकार्य नहुने बताएका छन् । सभामुखसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कुलिङ पिरियडबारे भएको छेडखानीले सिङ्गो संसदीय प्रक्रियालाई नै बदनाम गर्ने काम भएको भन्दै स्वीकार्य नहुने बताए ।

उनले भने हामीले लामो छलफलपछि कुलिङ पिरियड राख्ने सहमति गरेको थियौँ । तर, मुख्यसचिव, सचिव, सहसचिवहरूको हकमा लागू नहुने प्रकारको विधेयक सांसदबाट पारित भयो। यो गम्भीर षड्यन्त्र हो, सांसदमाथिको उपहास हो । सार्वभौम संसद् र समितिलाई धूलिसात बनाउनेका काम भयो । ऐनमा ‘बाहेक’ शब्द कहाँबाट थप्ने काम भएको त्यसको अनुसन्धान गरी निर्मम कारबाही गर्नुपर्ने बताए ।

समितिमा भएको सहमति संसदमा गएर पारित हुनुपर्ने भएपनि षड्यन्त्र गरिएको बताए । यसको निष्कक्ष छानबिन नभएसम्म समितिको बैठक बस्न नसक्ने भन्दै षड्यन्त्र गर्नेहरुले कारवाही भोग्नुपर्ने र नैतिकताको आधारमा जिम्मेवारी पनि छाड्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...