सहकारीको बचतमा तोकियो नयाँ मापदण्ड



हाम्रो इकोनोमि

 

 

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूका लागि नयाँ मापदण्ड जारी गरिएको छ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड, २०८१ जारी गरेको हो । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन यो मापदण्ड ल्याइएको राष्ट्र बैंकले जनाएको छ । नयाँ मापदण्ड अनुसार अब सहकारी संस्थाले सदस्यहरूबाट मात्र बचत संकलन गर्न सक्नेछ । संस्थाले प्राथमिक पुँजी कोषको १५ गुणासम्म बचत संकलन गर्न सक्नेछ ।

सहकारी संस्थाले बैंक तथा वित्तीय संस्था र सहकारी बैंकबाट आफ्नो कुल सम्पत्तिको पाँच प्रतिशतसम्म ऋण लिन सक्ने छ तर यसरी ऋण लिँदा पुँजीकोको शतप्रतिशत भन्दा बढी ऋण लिन पाइने छैन । तर ५१ प्रतिशत वा सोभन्दा बढी लगानी सामूहिक जमानीमा गर्ने सहकारी संस्थाको हकमा कुल सम्पत्तिको २० प्रतिशत वा पुँजी कोषको१० गुणासम्म (जुन कम हुन्छ त्यो सीमासम्म) ऋण लिन सक्ने व्यवस्था गरिएको छ ।

नयाँ मापदण्डले प्रति सदस्य मापदण्डको बचत संकलन सीमा समेत तोकेको छ । जसमा संस्थाको कार्य क्षेत्र अधिकतम सीमा एक जिल्ला कार्यक्षेत्र भएको दश लाख, एकभन्दा बढी जिल्ला कार्यक्षेत्र भएको पच्चीस लाख र एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएको पचास लाख रुपैयाँ तोकिएको छ ।

 

संस्थाले साधारण, नियमित र तीन वर्ष अवधिसम्मका आवधिक प्रकारका बचत खाताहरू सञ्चालन गर्न सक्नेछ । तर नियमित बचतको अंश कुल बचतको न्यूनतम पच्चीस प्रतिशत कायम गर्नुपर्नेछ । संस्थाले स्वीकार गर्ने बचत परिचालन सम्बन्धी कार्यविधि साधारण सभाबाट स्वीकृत गराई लागु गर्नुपर्नेछ । सदस्यले दश लाख रुपैयाँभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रूपमा स्रोत खुलाउनु पर्ने व्यवस्था गरिएको छ ।

कुनैपनि सदस्य एक अवधिमा एकभन्दा बढी संस्थाको सञ्चालक वा पदाधिकारी हुन नपाउने व्यवस्था गरिएको छ । सञ्चालकको एकाघर परिवारको व्यक्ति कार्यकारी प्रमुख/संस्था प्रमुखको रूपमा कार्य गर्न पाउने छैन । कार्यालय प्रमुखको नियुक्तिसम्बन्धी जानकारी नियमनकारी निकायलाई १५ दिनभित्र दिनु पर्ने नयाँ मापदण्डले व्यवस्था गरेको छ । ऋण तथा लगानीको सीमा समे तोकिएको छ । अब संस्थाले सदस्यता लिएको न्यूनतम तीन महिना नपुगेका सदस्यहरूलाई ऋण लगानी गर्न सक्ने छैन । संस्थाले प्रति सदस्य प्राथमिक पुँजीको अधिकतम १५ (पन्ध्र) प्रतिशतभन्दा बढी रकम ऋण प्रवाह गर्न सक्ने छैन ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...