भुटानका राजा मंसिर २१ गते काठमाडौं आउँदै



हाम्रो इकोनोमि

 

 

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक यही मंसिर २१ गते काठमाडौं आउने भएका छन् । उनी २१ गते बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् ।  सोही दिन काठमाडौंबाट फर्किने छन् ।विहीबारदेखि भारतको औपचारिक भ्रमणमा निस्किने उनी भारत भ्रमण सकेपछि काठमाडौंमा केहीबेर रोकिने स्रोतको भनाइ छ । भुटानी राजा केही घण्टा काठमाडौं विमानस्थलमा रोकिने भएपछि काठमाडौंमा आवश्यक सुरक्षा तयारी अघि बढाइएको छ । उनको सुरक्षाका लागि नेपाली सेनाले अभ्यास समेत गरेको छ ।भुटानका राजाले काठमाडौंमा कसैलाई भेट्छन् कि भेट्दैनन् भन्ने खुलिसकेको छैन । यद्यपि स्वयम्भू र बौद्धनाथ दर्शन गरेर फर्किनसक्ने सम्भावना छ, स्रोतले अनलाइनखबरसँग भन्यो । भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको भुटानी राजाको भ्रमण तालिका अनुसार वाङचुक ९ः१० बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । सोही दिन ११ः३० बजे उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ । त्यसपछि भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेट्ने र शुक्रबार बिहान ८ बजे भारतबाट फिर्ता हुने तालिका छ ।भारत भ्रमण सकेपछि उनी काठमाडौंमा केहीबेर बिताएर फर्किने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...