चितवनमा रविका समर्थक र प्रहरीबीच मुठभेड



हाम्रो इकोनोमि

चितवनमा रास्वपा सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच मुठभेड भएको छ । रविका समर्थकले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् भने प्रहरीले पनि लाठीचार्ज गरेको छ । चौविसकोटीबाट प्रहरी कार्यालयतर्फ आएको जुलुसलाई प्रहरीले रोक्न खोजेका थिए । त्यसक्रममा प्रदर्शनकारीबाट ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको हो । प्रदर्शन नियन्त्रण गर्न तीन तहमा प्रहरीहरु खटाइएका छन् । अहिले सरकारी वकिलको कार्यालयमा लामिछानेको बयान चलिरहेको छ । जिप्रका र सरकारी वकिलको कार्यालय ५० मिटरको दुरीमा रहेको छ । प्रहरी कार्यालय अगाडि दुई पक्षबीच टकराव भएको हो ।

 

   

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...