चितवन राइनोजको लगातार दोस्रो जित



 

 

ब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको दिनको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो । तनविर, रिजन र लुक बेन्केन्सटेइनले ३-३ विकेट लिएपछि १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो । पोखराका लागि लोअर अर्डरमा आएका नारायण जोशीले सर्वाधिक ३० रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । जोशीले २४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । म्याट क्रिटलेले १७ रन जोडे ।पोखरालाई अलआउट गर्न चितवनका तनविरले ३ ओभरमा १ मडन राख्दै ६ रन मात्र खर्चेर ३ विकेट लिए । रिजनले पनि ३ ओभरमा १ मेडन राख्नदै १० रन खर्चेर ३ विकेट लिए । लुकले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । दिपक बोहराले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
चितवनमा मुठभेड, २० भन्दा बढी प्रहरी घाइते

  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक र प्रहरीबीचको मुठभेडले चितवन तनावग्रस्त भएको छ

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

    नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड (बीआरआई) सहकार्यको

चितवनमा रविका समर्थक र प्रहरीबीच मुठभेड

चितवनमा रास्वपा सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच मुठभेड भएको छ । रविका

उपनिर्वाचनको नतिजा निराशाजनक छैन : ईश्वर पोखरेल

    सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह