सेभ द चिल्ड्रेनको १०० वर्ष पुरा, बालअधिकार सुनिश्चितताका लागि आह्वान



हाम्रो इकोनोमि

 

 

 

नेपालमा सेभ द चिल्ड्रेनले बालअधिकार प्रवर्धनका लागि बालबालिकासँग चार दशक लामो यात्रा पूरा गरेको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना  गर्यो। कार्यक्रममा सेभ द चिल्ड्रेन नेपाल र भुटानका राष्ट्रिय निर्देशक तारा क्षेत्रीले बालअधिकार सुनिश्चितताका लागि बालबालिका, समुदाय र नागरिक समाज संगठनहरुसँगको सहकार्य गर्दै आएको बताए । सेभ द चिल्ड्रेनले बालअधिकार प्रवर्धनसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय दस्तावेज जेनेभा घोषणापत्र जारी भएको १०० वर्ष पुगेको अवसरमा बालअधिकारको शताब्दी महोत्सव मनाएको छ । सेभ द चिल्ड्रेनका संस्थापक एग्लेन्टाइन जेबको नेतृत्वमा जारी भएको यो घोषणापत्रले विश्वभर नै बालअधिकार पैरवीका लागि ऐतिहासिक आधारशिला निर्माण गरेको थियो । बालअधिकारको क्षेत्रमा विश्वभर सेभ द चिल्ड्रेनले एक अग्रणी एवम् स्वतन्त्र संस्थाको रुपमा काम गर्दै आएको छ । कार्यक्रममा ‘नेपालमा बालअधिकार अभियानः अवसर र भावी मार्गचित्र’ शीर्षकको अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो । प्रतिवेदनले देशमा बालअधिकारको विकास क्रमलाई समीक्षा गर्दै आगामी प्राथमिकताहरू प्रस्तुत गरेको छ । उक्त दस्तावेजले बालबालिकामा रणनीतिक लगानी बढाउनुपर्ने र नेपालको बालअधिकार अभियानले हासिल गरेका उपलब्धिहरुलाई दिगो रुपमा कायम राख्न भावी पुस्ताका बाल अभियन्ताहरु तयार गर्नुपर्नेमा जोड दिएको छ । कार्यक्रममा नेपालभरका बालबालिका र युवाको नेतृत्वमा सञ्चालन भएका जलवायु र लैंगिक न्याय जस्ता महत्वपूर्ण विषय केन्द्रित अभियानसम्बन्धी प्रस्तुतिहरु गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...