अस्थायी, ज्यालादारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याउँछौं : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गर्नुभएको छ । केही दिनमात्रै काम गरेको भएपनि अस्थायी र ज्यालादारी कर्मचारीले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने उनले बताए । सातौं साामाजिक सुरक्षा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले थोरै सेवा गरेकालाई पनि सोही समयको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने प्रधानमन्त्री ओलीको भनाई थियो । वैदेशिक रोजगारीमा गएका सबै युवाहरूलाई सो कोषको दायरामा ल्याउने कुरामा सरकार प्रतिवद्ध रहेको बताए ।प्रधानमन्त्री ओलीले भने, ‘यो करारमा रहेका अस्थायी, ज्यालादारी आदि त्यस सुरक्षा कोषको दायराभित्र पर्ने कि नपर्ने भन्ने कुरा आएको छ । केही दिनमात्रै पनि सेवा गर्छ भने यो नियम लागू गर्नु पर्दछ । र, यस अनुसार थोरै भएपनि सामाजिक सुरक्षा हुनुपर्दछ । यसमा विभिन्न मात्रामा, विभिन्न ढंगले, विभिन्न तरिकाबाट आमन्त्रण गर्नुपर्दछ । देशबाहिर रोजगारीमा रहेका युवाहरू २५/२६ लाख युवाहरू बाहिर गएका हुन सक्दछन् अहिलेसम्मको स्थितिलाई हेर्दा । एउटा के छ भने एयरपोर्टमा भिड देखाउँछ । तर जानेको हो कि आउनेको हो ? त्यो छुट्टिदैँन । मान्छे गएका मात्रै होइनन, फर्केका पनि छन् नि । रोजगारीका लागि केही समयका लागि सम्झौता अन्तर्गत उनीहरू बाहिर गएका हुन् फर्किन्छन् ।  प्रधानमन्त्री ओलीले सरकारले जनताको सुख र समृद्धिबाहेक अरु कुनै अभिष्ट नराखेको बताए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...