सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो



हाम्रो इकोनोमि

 

 

नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको छ । आइतबार १ लाख ६७ हजार २ सय रूपैयाँ तोलाले कारोबार भएको सुनको मूल्य सोमबार १५ हजार ९ सय रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक लाख ५१ हजार ३ सय रूपैयाँ कायम भएको छ । सुनको भन्सार दर घटाएका कारण नेपाली बजारमा सुनको मूल्य घटेको महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्य बताउँछन् । उनी भन्छन्, ‘सरकारले बजेट मार्फत लगाएको भन्सार दर घटायो । सोही अनुसार सुनको मूल्य समायोजन गरिएको हो । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीका अनुसार सुनमा लगाइएको भन्सार दर घटाइएको छ । बजेटमार्फत सुनको भन्सार दर २० प्रतिशत पुर्‍याइएको थियो । तर, भारत सरकारले भन्सार दर घटाउँदा नेपालमा सुनको मूल्य महँगो र भारतमा सस्तो भएको थियो । त्यस्तै, चाँदीमा लगाइएको भन्सार दर पनि घटाइएको छ । बजेटमार्फत १५ प्रतिशत पुर्‍याएको भन्सार दर १० प्रतिशतमा झारिएको छ । दर घटाएपछिको मूल्य समायोजन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...