रुकुम पश्चिममा बस दुर्घटना, ९ जना घाइते



हाम्रो इकोनोमि

 

 

काठमाडौंबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । प्रदेश ३-०१ ००५ ख ९९६६ नम्बरको बस आज भेरी करिडोरअन्तर्गत रिठा नजिकै दुर्घटना हुँदा धादिङ खाग्री गाउँपालिका-१ का ३१ वर्षीय चालक खड्कबहादुर तामाङ, सोही गाउँपालिका-६ का २८ वर्षीय भीमबहादुर भुलन, रुकुम पश्चिमको आठबिसकोट-९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखा भिमेश्वर नगरपालिका-७ का २६ वर्षीय प्रकाश मगराठी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारीले जानकारी दिए । अन्य घाइतेमा आठबिसकोट-११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका-८ का ४५ वर्षिया भीमकुमारी चँदारा, उनको १० वर्षीय छोरा मानबहादुर चँदारा, मोरङ खेरुवा नगरपालिका-५ का २८ वर्षीय आकाश काफ्ने र जाजरकोट नलगाड-१२ की २५ वर्षिया किसङकुमारी विक रहेका छन् ।घाइते सबैको अहिले नगर अस्पताल राडीमा उपचार भइरहको प्रहरी निरीक्षकले जानकारी दिए । बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...