श्रीलंकामा कम्युनिस्ट पार्टीलाई दुई तिहाइ



हाम्रो इकोनोमि

 

 

चुनावी इतिहासमै चमत्कार गर्दै श्रीलंकाको कम्युनिस्ट पार्टी एनपीपीले संसदमा दुई तिहाइ बहुमत सीट जितेको छ । राष्ट्रपति अनुरा कुमारा दिशानायकेको पार्टीले नेतृत्व गरेको वामपन्थी गठबन्धनले ६३ प्रतिशत मतसहित संसदमा एकल बहुमत बनाएको हो । त्यहाँको कम्युनिस्ट पार्टीले प्रतिस्पर्धी गठबन्धन समागी जन बलवेगयालई निकै पछाडि छाडेको अल जजिराले जनाएको छ । २२५ सीट रहेको संसदमा यसअघि कम्युनिस्ट पार्टीको तीन सीट मात्र थियो । गत महिना सम्पन्न निर्वाचनमा सो पार्टीका नेता अनुरा कुमाराले कार्यकारी राष्ट्रपति जितेका थिए । उनले लोकप्रियताका आधारमा राष्ट्रपति जिते पनि संसदमा ३ सीटबाट बहुमत ल्याउने अनुमान कसैको थिएन । २२५ मध्ये १०७ सीट कम्युनिस्ट पार्टीले जितिसकेको छ ।  बिहीबार सम्पन्न मतदानमा ६५ प्रतिशत मत खसेको थियो । श्रीलंकाको संसदमा १९६ जना प्रत्यक्ष निर्वाचित हुन्छ्न भने २९ जना समानुपातिक प्रक्रियाबाट चयन हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...